मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवप्रभातको निशुल्क पाठेघर जाँच शिविर, लाभान्वित हुँदै सयौँ उपभोक्ता

नवप्रभातको निशुल्क पाठेघर जाँच शिविर, लाभान्वित हुँदै सयौँ उपभोक्ता

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समुहले निशुल्क पाठेघरको जाँच शिविर सुरु गरेको छ ।

वन मातहतका महिला उपभोक्ताका लागि राखेको पाठेघरको निशुल्क शिविरबाट सयौँ महिलाले विशेषज्ञ डाक्टरबाट परामर्श लिनुका साथै औषधी पनि प्राप्त गरेका छन् । शुक्रबार र शनिबार गरी २ दिनसम्म राखिएको शिविरको पहिलो दिन टोल नम्बर १ र २ का महिलाले पाठेघरको जाँच गरिएको थियो ।

उत्साहित तवरले जाँच शिविरमा सहभागि महिलाले महिला डाक्टरसंगै आफ्ना समस्या ढुक्कसंग राख्ने अवसर दिएकोमा वन समुहलाई धन्यबाद दिएका थिए । शिविरमा जाँच गर्न आएकाले पैसा खर्च गरी लाइन लागेर भेट्नु पर्ने विशेषज्ञ वरिष्ठ डाक्टरहरुलाई घर आँगनमै भेटी निशुल्क जाँच गराएर परामर्श लिन पाउँदै धेरै खुसी लागेको महिलाहरु बताउँछन् ।

भोलि ३, ४, ५ र ६ नम्बर टोलका महिलाको जाँच राखिएको छ । विशेषज्ञ डाक्टरहरु रेडियोलोजिस्ट सुम्नीमा आचार्य, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ अरुणा पोख्रेल, मनिषा महर्जन, प्रिती खरेलले भिडिओ एकसरे लगायतका प्रविधिमार्फत् पाठेघर जाँच गरी परामर्श दिइरहेका छन् ।

महिलाहरु नलजाउन् भन्ने उद्धेश्य राखेर छुट्टाछुट्टै क्याविन राखिएको छ भने रगत तथा पिसाब, रक्तचापको पनि जाँच भएको थियो ।

पछिल्लो समय महिलामा पाठेघरको समस्या र क्यानसर बढेका कारण विशेषज्ञ डाक्टरमार्फत् यो जाँचको सुविधा राखिएको वनका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । वनले सामाजिक विकास, वन प्रवद्धन र महिलाहरुको हकहितको लागि धेरै काम गरेको भन्दै यो कार्यक्रम पनि साधारण सभाले पास गरेको कार्यक्रम रहेको रेग्मीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, वडा सदस्य विश्वास जिसी लगायतले मन्तव्य राख्दै शिविरमार्फत् फाइदा उठाउन आग्रह गरेका थिए । कार्यक्रमको संचालन वनको सचिव सिता भसालले गरेकी थिइन् भने उपाधयक्ष मित्रलाल कँडेलले स्वागत मन्तव्य राखेका थिए ।