मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधुवन वनले वितरण गर्यो सुत्केरी आमाहरुलाई पोषणयुक्त खानेकुरा

मधुवन वनले वितरण गर्यो सुत्केरी आमाहरुलाई पोषणयुक्त खानेकुरा

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मधुवन सामुदायिक वनले सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण गरेको छ । उपभोक्ता समुहभित्रका ३२ जना सुत्केरी आमाहरुलाई पोष्णयुक्त खानेकुराहरु चना, अण्डा, मह लगायतका खानेकुरा वितरण गरिएको हो ।

वनको कार्यालयमै एक कार्यक्रम गरी खानेकुरा वितरण गरिएको वनका अध्यक्ष शान्त विक्रम पौडेलले बताए । आर्थिक वर्ष २०८० / ८१ को बजेटको ५० हजार बराबरको रकमले अहिले पोषण्युक्त खानेकुरा वितरण गरिएको भन्दै आगामी दिनमा यसलाई बढाउने उनले बताए ।

वनबाट अण्डा, मह, चना पाएपछि सुत्केरी आमाहरु पनि खुसी थिए । सुत्केरी भएको १ बर्षसम्मकाहरुलाई खानेकुरा वितरण गरिएको अध्यक्ष पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय मोतिपुरका फरेस्टर विष्णु थारुले वनले गरेको यस्तो कार्य पहिलोपटक देखेको भन्दै खुसी ब्यक्त गरे ।

सामुदायिक वनबाट आर्जन गरिएको रकम यसरी प्रयोग गर्दा निकै राम्रो हुने थारुको भनाई छ । कार्यक्रममा वनका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।उपाध्यक्ष शालिकराम भुषालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिता थापाले गरेकी थिइन् ।