मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोख्रेलका पूर्व स्वकीय सचिव गौतम लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

पोख्रेलका पूर्व स्वकीय सचिव गौतम लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

अपि टाइम्स

काठमाडौं । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तिरण गौतम नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री रत्न खत्रीले गौतमलाई प्रदेश खेलकुद परिषदको कार्यकारी पदमा नियुक्त गरेका हुन् ।

सरकार परिवर्तन र लुम्बिनीको सामाजिक विकास मन्त्री एमालेको भागमा परेपछि खेलकुदको कार्यकारी पदको रुपमा रहेको सदस्य सचिवमा सबैको नजर थियो ।

सरकार परिवर्तनको केही समयमै प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् विगठन गरेको थियो । कंग्रेस नेतृत्वको सरकारमा नियुक्ति लिएका जयप्रकाश भट्टराईलाई हटाउन प्रदेश सरकारले परिषदनै विगठन गरेको थियो ।

भट्टराईलाई हटाएपछि लुम्बिनी प्रदेशको खेलकुद परिषदको सदस्य सचिवको पद रिक्त थियो । रिक्त पदमा एमाले नेतृत्वको मन्त्रालयबाट गौतमले नियुक्ति पाएका छन् ।

खेलकुदको कार्यकारी पद भएका कारण सदस्य सचिवको पदलाई आकर्षक नियुक्ति मानिन्छ । बजेट र एक्सपोजरको हिसाबले खेलकुदमा सदस्य सचिवको नियुक्तिमा सधै आकर्षण रहदै आएको छ ।

गौतम एमालेको नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष हुन् । उनी एमाले महासचिव शंकर पोखरेलका निकट मानिन्छन् । उनी यसअघि पोख्रेलकै स्वकीय सचिव रहेका थिए ।

लुम्बिनीको सामाजिक विकास मन्त्री एमालेको भागमा परेपछि गौतमलाई सदस्य सचिवको सम्भाावित पात्रको रुपमा समेत हेरिएको थियो ।

मन्त्री खत्रीले उनै गौतमलाई शुक्रबार नियुक्त गरिएको जानकारी दिएका छन् । यस्तै मन्त्री खत्रीले परिषद्को बोर्ड सदस्यमा डिबी तामाङ र जनक केसीलाई मनोनित गरेका छन् ।