मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरु दलको जस्तो भ्रातृ संगठन बनाउने रास्वपाका नेता परियारको संकेत

अरु दलको जस्तो भ्रातृ संगठन बनाउने रास्वपाका नेता परियारको संकेत

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले भातृसंगठन बनाउने संकेत गरेका छन् । उनले एक अनलाइन पत्रिकालाई अन्तरवार्ता दिँदै यस कुराको संकेत गरेका हुन् । पुराना पार्टीहरुलेजस्तो भातृसंगठन नबनाउने कसम खाएको पार्टी पछिल्लो समय भातृसंगठनबारे छलफलमा रहेको उनले बताए ।

पार्टी निर्माणको दुई वर्षको अवधिको अनुभवका आधारमा उनले भनेका छन् ‘सुरुमा भ्रातृ सङ्गठनहरू निर्माण नगर्ने प्रक्रियामा थियौँ । अहिले त्यसमा पनि छलफल चलेको छ । ठूलो, भद्दा र व्यवसायिक ठाउँमा भ्रातृ संगठन निर्माण नगर्ने भन्ने आज पनि हाम्रो बुझाइ छ ।’

उनले थपे ‘छन् ‘पार्टीमा नर्सरी त चाहिने रहेछ । हामीकहाँ लिडर बनाएर ल्याउने अरू पार्टीको जस्तो भ्रातृ संगठन छैन । यसबारे बहस चलेको छ । सानो बनाएर जाने कुरा छ । धेरै संरचना नबनाएर काम गर्ने संगठन बनाउँछौँ । पार्टी विस्तारमा ध्यान दिन्छौँ ।’

पार्टी स्थापना भएको दुई वर्ष पुग्दा धेरै ठाउँमा चुकेको र कमजोरी भएको उनको स्वीरोक्ति छ । आफूहरुले धेरै कुरा नबुझेको, समाज बुझ्न बाँकी रहेकोले चुक्नु परेको उनले बताए । नेता र कार्यकर्ताले समाजको विविधता र अन्तरद्वन्द्व बुझ्न आवश्यक रहेको उनले बताए ।