मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी२० विश्वकपः प्याट कमिन्सको लगातार दोश्रो ह्याट्रिक

टी२० विश्वकपः प्याट कमिन्सको लगातार दोश्रो ह्याट्रिक

अपि टाइम्स

काठमाडौं । अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले आईसीसी टी(२० क्रिकेट विश्वकपकपमा कीर्तिमानी ह्याट्रिक विकेट लिएका छन् ।

कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर ८ को खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाए ।

कमिन्स टी(२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी हुन् ।

यस्तै टी(२० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने पनि कमिन्स एक मात्र बलर हुन् । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए ।

सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । त्यसपछि २०औं ओभरमा उनले पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरेका थिए ।