मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेमिफाइनलमा दक्षिण अफ्रिका, बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजमाथि कसरी विजयी भयो ?

सेमिफाइनलमा दक्षिण अफ्रिका, बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजमाथि कसरी विजयी भयो ?

अपि टाइम्स

काठमाडौं। वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हासिल गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेको छ।

सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका डीएलएस पद्धतिमा तीन विकेटले विजयी भएको हो।

डकवर्थ लुइस पद्धति अनुसार १७ ओभरमा १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ दिन बाँकी छँदै पुरा गरेको हो ।

अन्तिम दुई ओभरमा १३ रन चाहिएकोमा चेजको १६औं ओभरमा केशव महाराजको विकेट सहित ८ रन आएको थियो । अन्तिम बलमा कागिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाका लागि केही सहज अवस्था सिर्जना भएको थियो ।

अन्तिम ओभरको पहिलो बलमा नै मार्को यान्सनले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका विजयी भयो । यान्सनले १४ बलमा २० रन बनाएर अविजित रहे ।

दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएपछि २० ओभरमा १३६ रनको लक्ष्य संशोधित भई १७ ओभरमा १२३ रन भएको थियो ।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाएका थिए । हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउँदा मार्क्रमले १८ रन जोडे ।

वेस्ट इन्डिजका लागि रोस्टन चेज एक्लैले ३ विकेट लिएका थिए भने आन्द्रे रसेल र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।

एन्टीग्वामा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि रोस्टन चेजले ४२ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५२ रन बनाए । काइल माएर्सले ३४ बलमा ३५ रन बनाए भने आन्द्रे रसेलले ९ बलमा १५ रन जोडे ।

दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ३ विकेट लिए भने मार्को यान्सन, एइडन मार्क्रम, केशव महाराज र कागीसो रबाडाले समान १-१ विकेट लिए ।

सुपर एट समूह २ बाट यसअघि नै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । इङ्ल्यान्डले ३ खेलमा ४ अंक हासिल गरेको थियो । दक्षिण अफ्रिकाको भने ३ खेलमा ६ अंक नै रह्यो । वेस्ट इन्डिज २ र अमेरिका बिना कुनै अंक बाहिरिएका छन् ।