मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसंगको हारले अस्ट्रेलियाई सेमिफाइनल पुग्न कठिन

भारतसंगको हारले अस्ट्रेलियाई सेमिफाइनल पुग्न कठिन

अपि टाइम्स

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह ुएु को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो ।

गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यस्तै कुल्दिप यादवले दुई, जसप्रित बुम्राहा र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२ र सूर्यकुमार यादवले ३१ रन बनाए । अस्ट्रेलियका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई तथा जोश हेजलउडले एक विकेट लिए ।

सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह ुबीु बाट दक्षिण अफ्रिका र इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन् । टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र बंगलादेश खेल्दैछन् । यो खेलमा आफगानिस्तानले बंगलादेशलाई हराए अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा पुग्नेछ ।