मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीङ्गीघाट वनले सुरु गर्यो कागजबाट झोला बनाउने तालिम

श्रीङ्गीघाट वनले सुरु गर्यो कागजबाट झोला बनाउने तालिम

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगास्थित श्रीङ्गीघाट सामुदायिक वनले कागजबाट झोला बनाउने तालिमको सुरुवात गरेको छ । सिद्धार्थ सामाजिक विकास संस्थाको प्राविधिक सहयोगमा सोमबारबाट तालिमको सुरुवात भएको हो । तालिम अवधिभर सहभागी २० जनालाई ५ / ५ जनाको समुहमा बाँडेर कागजको झोला, फुलदानी, गमला, मिठाई प्याक गर्ने डब्बाहरु, गिफ्ट, प्याकिङ डब्बा, गिफ्ट प्याकिङ डब्बा, फाइल, कागजका थैला, एक्सरे पेपर लगायतका सामान बनाउन सिकाइने सिद्धार्थ सामाजिक विकास संस्थाका उपाध्यक्ष हरिलाल शर्माले बताए ।

कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै संस्थाका अध्यक्ष सूर्य कुमारी शाहीले दैनिक रुपमा घर, पसल तथा बजारमा खेर गइरहेका कागजको सहायताबाट यी सबै चिजहरु बनाउन तालिम आयोजना गरिएको बताइन् ।

नगरसंग पनि फोहर ब्यवस्थापनको विषयमा पटकपटक कुरा भए पनि नसुनेको भन्दै आफूहरुले सानो अभ्यास सुरु गरेको अध्यक्ष शाहीको भनाई छ । यसको लागि बिभिन्न मेसिनहरु ल्याउने क्रममा आफूहरु रहेको उनले जानकारी दिइन् । महिलाहरुलाई उद्यमशिल बनाउँदै नगरको फोहरलाई मोहरमा परिणत गर्ने सबालमा यो तालिम एउटा कोशेढुङ्गा सावित हुने उनको भनाई छ ।

तालिमको प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले तालिमले महिलालाई उद्यमशिल बनाउन धेरै ठुलो भूमिका खेल्ने अपेक्षा गरेको सुनाइन् । आफूहरु समृद्ध मुलुक बनाउने अभियानमा रहेको हुनाले समृद्धिको कुरा ब्यक्ति, घर, परिवार र समाजबाट सुरु हुने उनको भनाई छ । उनले भनिन् ‘मुलुक एकैपटक समृद्ध बन्न सक्दैन, त्यसको लागि पहिला ब्यक्ति, परिवार र घर समृद्ध बन्नुपर्दछ । त्यसको लागि यो तालिमले टेवा दिने विश्वास व्यक्त गरेकी छु ।’
आफूले फोहर ब्यवस्थापनको कुरा २०७४ सालदेखि सुरु गरेको बताउँदै उपाध्यक्ष घिमिरेले स्थानीय श्रोत। साधन र खेर गइरहेका वस्तुबाट करोडौँ आम्दानी गर्न सकिने भएकाले यसबारे स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको सुनाइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको पनि सहभागिता थियो ।

वनका अध्यक्ष शुशिल सिंह ठकुरी (गणेश) ले वनले अहिलेसम्म गरेका र भोलि गर्न सकिने कामहरुको बारेमा जानकारी गराएका थिए । आफूहरु नेतृत्वमा आएदेखि वनले धेरै सामाजिक र मानवीय कार्यहरु, महिला शशक्तिकरणका कार्यक्रम, वन संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गरिरहेको भन्दै कागजबाट झोला बनाउने कार्यक्रम पनि साधारण सभाबाट पारित भएको कार्यक्रम रहेको बताए । कागजबाट झोला बनाउने तालिमले वन र पर्यावरणको संरक्षण गर्दै महिलालाई उद्यमी बनाउने आफूले आशा लिएको बताए ।

आफू युवा भएर केहि नयाँ कामको थालनी गरौँ भन्दा कार्यसमितिबाट कहिल्यै पनि नाई नास्ती नभएको भन्दै उनले वनलाई धन्यबाद दिए ।
तालिमको पहिलो दिन मोतीपुर सव डिभिजनका प्रमुख यमलाल गैरे, गजेहडा बाणगंगा खानेपानीका अध्यक्ष राजेन्द्र वीक्रम शाह, रेडियो मायादेवीका कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपाने लगायतले तालिममा सिकेका कुराहरुलाई ब्यावहारमा उतार्न आग्रह गरेका थिए ।
तालिममा वनको १४ मौजाबाट १४ जना र सिद्धार्थ सामाजिक विकास संस्थाबाट ६ जना गरी २० जनाको सहभागिता रहेको छ । तालिम २४ गतेसम्म संचालन हुनेछ । तालिममा काठमाडौँबाट प्रशिक्षक आएका छन् । वनका पदाधिकारीहरु सहभागि भएको तालिमको संचालन सचिव सुष्मा खाँणले गरेकी थिइन् ।