मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

अपि टाइम्स

काठमाडौं। अफगानिस्तान पहिलोपटक आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर एटको अन्तिम खेलमा बंगलादेशविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । अफगानिस्तानको जितसंगै अष्ट्रेलिया भने सुपर एटबाटै बाहिरिएको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।

अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।

दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो।