मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक युरो खेलेको जर्जिया नकआउट चरणमा, पोर्चुगललाई घर फर्कायो

पहिलोपटक युरो खेलेको जर्जिया नकआउट चरणमा, पोर्चुगललाई घर फर्कायो

अपि टाइम्स

काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक जित दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो ।

पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो ।

उता जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो भने दोस्रो खेलमा चेकसँग बराबरी खेलेको थियो । तीन खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जरज्या तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।

यस्तै अन्तिम खेलमा चेक रिपब्लिकलाई २(१ ले पराजित गर्दै ६ अंक नै जोडेको टर्किए समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल समान ६ अंक जोडेपनि हेड टु हेडमा टर्किए पोर्चुगललाई पछि परेको हो ।