काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फुटको डिलमा पुगेको छ । यस कुराको संकेत अरु कसैले गरेका होइनन् महामन्त्री मुकुल ढकालले गरेका हुन् । स्थापनको एक वर्षमै चौथो शक्तिका रुपमा संघीय संसद्मा प्रवेश गरेको रास्वपा छोटो समयमै ओरालोतिर लागेको गुनासो र चिन्ता उसका शुभचिन्तकले गरिरहेका थिए ।
यसमा सबैभन्दा दोषी सभापति रवि लामिछाने नै देखिएका छन् । सभापति लामिछाने एकपछि अर्को काण्डमा मुछिँदै जाँदा यसको प्रभाव गत वैशाखमा भएको इलाम उपचुनावमा पनि देखिएको थियो । जहाँ रास्वपाको जमानत जफत भएको थियो । यसपछि महामन्त्री मुकुल ढकाललाई देशभरको अवस्था बुझ्न पार्टीले पठाएको थियो ।
गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका ढकालले असार ६ गतेसम्म ३९ जिल्लाका नेताकार्यकर्तासँग संवाद गरेर तयार पारेर लामिछानेलाई बुझाएको को प्रतिवेदनमा नेताकार्यकर्तामा यस्तै निरासा रहेको कुरा बताएका हुन् । कि पार्टीले अब कठोर निर्णय लिनुपर्ने नभए सभापतिको यहि गतिविधि सहेर बस्न नसकिने उल्लेख गरिएको छ ।
उनले प्रतिवेदनमा लेखेका छन् । ‘मैले देश दौडाहामा जस्तो देखेँ, त्यही अवस्थाको प्रतिवेदन बुझाउन लागेको छु’, ‘मैले फरक फरक भूगोलमा गहिरोसँग अध्ययन गरेर प्रतिवेदन तयार पारेको छु । यसबाट आउने प्रतिक्रियाको सामना गर्न तयार छु, ‘मलाई पार्टी फुटाउन लागेको, गुटबन्दी गरेको लगायत प्रतिक्रिया आउन सक्छन्’, उनले भनेका थिए, ‘तर म ती कुराको सामना गर्न तयार छु । मैले जनता र शुभेच्छुक भेटेर आएको हुँ । उहाँहरूको कुरा जस्तो छ, त्यस्तै म सभापतिसमक्ष बुझाउँदैछु,
‘केही कुराहरूमा पार्टी सचिएर र सुधारिएर जानु आवश्यक छ। यही तरिकाले हामी ०८४ मा गयौँ भने पार्टीको आकार अहिलेको भन्दा मसिनो हुन सक्छ।’
यस्तो आसयको प्रतिवेदन बुझाउनु अघि उनले केहि नेतासंग पनि छलफल गरेका थिए । जसमा कतिपयले पार्टी जोगाउन ढकालले चालेको कदम सहि रहेको बताएका छन् ।
ढकालले उक्त विशेष प्रतिवेदनमा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएपछि पार्टीको आकार पनि घट्दै गएको उल्लेख गरेका छन् । एमाले र माओवादीको पछि लाग्दा पार्टी नराम्रो दिशामा पुगेको उनले मिडियालाई बताएका छन् । अब पार्टीले कठोर निर्णय नलिने हो भने पार्टी अघि बढ्न नसक्ने उनले बताएका छन् । देशभर घण्टरको रंग कालो भयो भनेर उनले स्विकार गरेका छन् ।
ढकालले यही अवस्थामा चलिरहे आगामी विसं २०८४ को निर्वाचनमा पार्टी निकै सानो हुने बताएका छन् । उनको प्रतिवेदनमा भनिएको छ ।
पछिल्लो समय सभापति रवि लामिछाने लामिछानेसँग खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, महामन्त्री मुकुल ढकाल, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, निशा डाँगी र मनिष झा लगायत असन्तुष्ट छन् ।
पोखरा र बुटवलसहितका सहकारीको बचत अपचलन प्रकरणमा मुछिएको भन्दै सभापति लामिछानेले राजीनामा दिनुपर्ने माग पनि उठेको छ । प्रकरणको छानबिन अवधिभर लामिछानेले गृहमन्त्रीबाट बाहिरिनुपर्नेसहितका कुरा पनि नेताहरूले उठाइरहेका छन् ।
मढकालको प्रतिवेदन र अभिब्यक्तिपछि रास्वपा अब फुटको संघारमा रहेको विश्लेषण गर्न थालिएको छ । सभापतिका गतिविधिले सिंगो पार्टीलाई असर गरेको भन्दै पार्टीभित्रै सभापति सच्चनुपर्ने माग छ ।
पार्टी सरकारमा गएको विषयमा पनि पार्टिभित्र फरकफरक मत छ । बिभिन्न प्रकरणले नैतिक दबाबमा रहेका सभापति रवि लामिछाने पार्टीभित्र पनि कमजोर बनेपछि पार्टीमा अब खैलाबैला मच्चने निश्चित छ ।
प्रतिक्रिया