मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक साउथ अफ्रिका फाइनलमा, अफगानी टोलीको ९ विकेटको हार

पहिलोपटक साउथ अफ्रिका फाइनलमा, अफगानी टोलीको ९ विकेटको हार

अपि टाइम्स

काठमाडौँ । दक्षिण अफ्रिका इतिहासमा पहिलोपटक आइसिसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।पहिलोपटक सेमिफाइनल पुगेको अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि नजिक पुगेको हो । अब उसले भारत र इंग्ल्याण्डको विजेतासंग उपाधिको लागि भीँड्ने छ ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो।

अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८।५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो।

दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३र३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २र२ विकेट लिए।

२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्।