मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको नजिता केहि छिनमा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ

एसईईको नजिता केहि छिनमा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ

अपि टाइम्स

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज प्रकाशित हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ ।

गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । परीक्षा बोर्डका अनुसार तलका लिंकमा गएर नतिजा हेर्न सकिने छ ।