मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोगको उपाध्यक्ष भएपछि सहकारीको प्रवन्धकबाट खनालले राजिनामा दिए कि दिएनन् ?

आयोगको उपाध्यक्ष भएपछि सहकारीको प्रवन्धकबाट खनालले राजिनामा दिए कि दिएनन् ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

कपिलवस्तुका माओवादी नेता सरोज खनाल भर्खर मात्रै लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त भएर कार्यभार सम्हालिरहेका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले वाणगंगा नगरपालिका–८ निवासी खनाललाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

खनाल आयोगको उपाध्यक्ष भएपछि खनाललाई खादा, माला, मानसम्मान पाउन भ्याई नभ्याइ छ भने कार्यालयीय काममा पनि थोरधेरै सारिक भइरहेका छन् । मानसम्मान र खादामालामा दोडिरहेका खनालले आफैमाथि प्रश्न सिर्जना हुने र आलोचना आउने कामको ब्यवस्थापनमा भने ध्यान दिन सकेको देखिदैन ।

प्रदेश योजना आयोगको उपाध्यक्षजस्तो गरिमामय पदमा आसिन भएर पनि उनले आफू आवद्ध रहेको सहकारीको जिम्मेवारीबाट पूर्ण रुपबाट मुक्त हुने कुनै सुरसार कसेको देखिदैन ।

खनाल बाणगंगाको मेरिट बचत तथा क्रण सहकारीको प्रबन्ध निर्देशक रहेको विषयको कुरा हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सहकारीको ब्यवस्थापक दुवै भएपछि कनफ्ल्टि अफ इन्ट्रेस्ट देखिने भन्दै खनालले पूर्णरुपमा सहकारीको जिम्मेवारीबाट हट्नु पर्ने आवाज उठ्न थालेको छ । सहकारी विज्ञहरु पनि योजना आयोगको उपाध्यक्ष भएर सहकारीमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा बस्न नहुने बताउँछन् ।

मित्रलाल शर्मा अध्यक्ष रहेको सहकारीको ब्यवस्थापक पदबाट उपाध्यक्ष खनालले कहिले राजिनामा दिन्छन् या दिए ? खनालले यो समाचार तयार पार्दाको मितिसम्म सहकारीको जिम्माबाट पूर्ण रुपमा हटेको प्रमाण बाहिर आएको छैन तर आन्तरिक रुपमा उनीहरुले चलाखी गरेका छन् । एक जना कर्मचारीलाई कार्यवाहको जिम्मा दिएर चलाखी गरेका हुन् । यसबाट प्रष्ट हुन्छ कि आलोचनाबाट बच्न खनालको ठाउँमा कार्यवाहक कर्मचारी छन् ।

कार्यवाहकको अर्थ ‘कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी), कामको जिम्मा लिने’ भन्ने बुझिन्छ । यस अर्थले पनि के भन्दछ भने उनले अस्थायी रुपमा हटेका छन् । राजनैतिक नियुक्ति जे पनि हुन सक्छ भनेर फेरि त्यहि पदमा आउनेगरी बाटो खनेर जिम्मेवारीबाट तत्कालको लागि मुक्त हुन खोजेका छन् । कतिपयले भने आयोगको सदस्यभएपछि नै राजिनामा दिएको बताएका छन् ।उनले राजिनामा दिएको भए पनि त्यो कुरा बाहिर आएको छैन, जसका कारण सरोकारवालामा चासो बढेपछि समाचार आएको हो ।

आफै सहकारीको विज्ञ भएर पनि कार्यवाहक दिएर खनालले पदलोलुप प्रवृत्ति प्रदर्शन गरेको कतिपय बताउँछन् । सहकारी विज्ञ एक जना भन्छन् ‘उपाध्यक्ष भएपछि अर्को दिन नै सहकारीको ब्यवस्थापकबाट राजिनामा दिएँ भनेर सन्देश दिएको भए राम्रो हुने थियो तर आलोचना आउन थालेपछि कार्यबाहक सुम्पने तरिका नैतिक रुपमा अलिक ठिक भएन ।’ कार्यवाहक सुम्पनु आलोचनाबाट बच्न गरेको चलाखी कदम रहेको बताउँदै खनाल अझै पनि सहकारीमा छन् भन्ने सन्देश दिने विज्ञ बताउँछन् ।

सहकारीसंगै खनाल थुप्रै संघसंस्थामा आवद्ध छन् ।

अरु कुनकुन संस्थामा खनाल महत्वपूर्ण भूमिकामा छन् ? यदि अरु संस्थामा पनि महत्वपूर्ण पद या भूमिकामा रहेको भए आफू हटेको स्वयम् उनैले जानकारी गराउँदा राम्रो हुने सरोकारवाला बताउँछन् ।

खनालसँग शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव रहेका कारण प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । खनाल यसअघि लुम्बिनी योजना आयोगको सदस्य थिए ।

अपि टाइम्सकै समाचारका कारण मेरिट सहकारीका अध्यक्ष मित्रलाल शर्मा पनि एउटा सहकारी रोज्न बाध्य भएका थिए । उनी यसअघि कपिलवस्तु संचार सहकारीको अध्यक्ष थिए । एउटै ब्यक्ति शर्मा सरकारको तलब खाएर बिभिन्न सहकारीमा अध्यक्ष रहेको भनेर अपिटाइम्सबाट समाचार आएपछि खैलाबैल मच्चिएको थियो । त्यसपछि बाणगंगामा एक जनाले एउटा सहकारी रोज्ने अभियान नै थालेका छन् ।