मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई नतिजाः कपिलवस्तुमा सनसाइनकी सुधालाई जिल्ला प्रथमको दावी

एसईई नतिजाः कपिलवस्तुमा सनसाइनकी सुधालाई जिल्ला प्रथमको दावी

अपि टाइम्स

जितपुर । मंगलबार विहान सार्वजनिक भएको एसईई नतिजामा तौलिहवाको एक विद्यालय जिल्लामै प्रथम भएको दावी गरिएको छ ।

तौलिहवा स्थित सन शाइन बोर्डिङ स्कुलकी छात्रा सुधा चौधरी जिल्ला प्रथम भएको विद्याले दाबी गरेको हो । विद्यालयका अनुसार विद्यालयकी छात्रा चौधरीले ३ दशमलव ९१ जिपिए हासिल गरेर जिल्ला प्रथम भएकी हुन् । शिक्षा तथा समन्वय इकाइमा साँझसम्म जानकारी आएअनुसार सुधाको नै यस बर्ष बढी जिपिए रहेको छ । यो समाचार तयार पार्दासम्म अरु कसैले पनि योभन्दा बढी अंक दावी गरेका छैनन् ।

विद्यालयमा सधैँ उत्कृष्ट अंक हासिल गरेकी सुधाबाट यस खालको नतिजाको आशा गरिएको विद्यालय बताउँछ । चौधरीले पनि यो नतिजापछि आफू खुसी भएको बताइन् ।