मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन बस्नेतले संसदमा कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु भनेपछि हंगामा !

मोहन बस्नेतले संसदमा कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु भनेपछि हंगामा !

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधि सभाको बैठकमा ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु’ भनेपछि नियमापत्ति भएको छ ।

शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद बस्नेतले आफूलाई टेरामक्समा जोडेर सबै सांसदहरुले प्रश्न गरेको बताए । त्यसक्रममा उनले यस्तो भाषा प्रयोग गरेका हुन् ।

‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला बेलामा, हुन त यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा बेला बेलामा कुरा उठाउने गरेको छ । एकदम कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीय ज्युहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु’ बस्नेतले भने ।

त्यसपछि सांसद बस्नेतको शब्दलाई लिएर नेकपा एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति गरिन् ।

‘ओठ निचोर्ने माननीय, कलिलो र छिपिएको माननीय भन्ने हुँदेन । त्यसकारणले यो असंसदीय भाषा भयो यो फिर्ता लिनुपर्छ’ भनेर उनले भनिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले ‘के भएको रहेछ हेरेर निर्णय गर्छौं’ भनेका छन् ।