मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज उपाधि भीडन्त, कसले जित्ला टिट्वान्टी विश्वकप ?

आज उपाधि भीडन्त, कसले जित्ला टिट्वान्टी विश्वकप ?

अपि टाइम्स

एजेन्सी । आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ।

बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्।

दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८ः १५ बजे सुरु हुने छ ।
प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आइसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । टि ट्वान्टी विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।

भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।