मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु सामुदायिक अस्पतालको गिर्दो साख, म्याज गुज्रेको औषधीबारे के भन्छ प्रशासन ?

कपिलवस्तु सामुदायिक अस्पतालको गिर्दो साख, म्याज गुज्रेको औषधीबारे के भन्छ प्रशासन ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

वाणगंगा घर भएकी राधा पाण्डेले आइतबार फेसबुकमा लेखिन् ‘समुदायमा यस्ता अस्पताल छन् जसले सर्वसाधारणको स्वास्थ्यमा निकै खेलवाड गरिरहेका छन् ? म्याद सकिएका औषधि बेचेर कस्तो किसिमको लाभ खोजेको होला हामीले विश्वास गरेको हाम्रो चार नम्बरको सामुदायिक अस्पतालले !!?’ निको हुन गएका बिरामीलाई म्याद सकिएको औषधि बेचेर थप बिरामी बनाएको छ । फार्मेसिका कर्मचारीको गुणस्तर के हो ? नियामक निकाय कहाँ छ ? बिरामिको थप उपचार र क्षती पुर्तीमा को जिम्मेवार हुन्छ ?’

पाण्डेको यो लेखाईपछि अहिले सामुदायिक अस्पतालको चौतर्फी आलोचना भएको छ । पछिल्लो समय राजनीति भएर गुणस्तर खस्केको भनेर आरोप खेपिरहेको अस्पतालले यो घटनापछि थप आलोचना खेपिरहेको छ । २०२४ जुलाई चलिरहँदा औषधीको म्याद सकिने अन्तिम मिति २०२३ ११ तारिख लेखिएको छ । यसबाट आठ महिना म्याद गुज्रेको औषधी बेचेको तथ्य भेटिन्छ ।

कुनै समय अस्पत्ताल भनेकै कपिलवस्तु सामुदायिक अस्पताल भनेर पनि ब्राण्ड थियो । अस्पतालमा विरामीको भीँड यति हुन्थ्यो कि टिकट काट्न पनि लाइन बस्नुपर्दथ्यो विरामीलाई । तर आजभोलि अस्पतालमा त्यो चार्मिङ छैन, कतिखेर त सुनसानजस्तो देखिन्छ । पहिलेजस्तो चहलपहल पनि देखिदैन । यसबाट पनि पुष्टि हुन्छ कि अस्पताल गुणस्तरीय स्वास्थ्य सेवा दिनबाट चुकिरहेको छ । जसबाट सर्वसाधारणमा अस्पतालप्रति विश्वास खस्कँदै गएको छ ।

प्रशासनमा युवा र लाकेप्रीय समाजसेवीको छवि बनाएका नेता चन्द्रकान्त पोख्रेलको नेतृत्व छ भने संचालक समितिको महासचिवमा पनि युवा दिनेश क्षेत्री छन् । यस्ता युवाले हाँकेको अस्पतालमा त झन् राम्रो सेवा सुविधा हुनुपर्नेमा दिनप्रतिदिन खस्कने क्रम भएपछि ती युवाको नेतृत्वमा पनि अचेल सर्वसाधारणले प्रश्न तेश्राउन थालेका छन् । घटनापछि विरामीको स्वास्थ्यप्रति खेलवाड र लापरबाही गर्ने अस्पताल र म्याद गुज्रेको औषधी बेच्ने कर्मचारीलाई तुरुन्त कारबाही गर्न माग पनि गरिएको छ ।

सर्वसाधारणले यस्ता आरोप लगाईरहेको र म्याद गुज्रेको औषधी नै भेटिएको सबुत भेटिएपछि यसबारे अस्पतालका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलसंग अपिटाइम्सले जवाफ मागेको छ ।

घटनाबारे प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले स्विकाररोक्ति जनाए । आफूहरु अस्पतालको गुणस्तर वृद्धिमा लागिरहेको बताउँदै शनिबारको घटनाले आफूहरु पनि झुक्किएको उनको भनाई छ । अस्पतालको सेवामा निरन्तर वृद्धि, नयाँ एम्बुलेन्स अनुदानमा ल्याइएको र अब चाँडै अरु नयाँ सेवाहरु संचालन गर्नेबारे तयारी गरिरहेको अवस्थामा म्याद गुज्रेको औषधी भेटिएको कुराले आफूहरु चिन्तित रहेको उनले बताए ।

उनले भनेका छन्, ‘हामी पनि अचम्ममा परेका छौँ । औषधीको कार्टुनमा बाहिर औषधीको म्याद २०२५ लेखिएको छ । त्यो भएपछि भित्र हामीले हेरेनौँ । हामीले भित्र ठिकाठाक नै होला भनेर बस्यौँ । तर कार्टुन खोलेर विरामीलाई औषधी दिँदा त्यस्तो परेछ । हामी आफै झुक्किएका छौँ । यसलाई गलत अर्थमा नबुझ्न अनुरोध गर्दछु ।’

उनले थपे, ‘फार्मेशीको भाइलाई र औषधी ल्याउनेसंग पनि कुरा भएको छ । औषधी दिनेसंग पनि कुरा गरेका छौँ । गलत भएको स्विकार गरेका छौँ । अन्यथा नबुझ्न अनुरोध गर्दछु । हामी अस्पतालको गुणस्तरमा निरन्तर छौँ ।’
‘म्याद गुज्रेको औषधी विरामीकहाँ गएकोबारे गल्ती स्विकारेपछि अतिरञ्जित नगरिदिन पनि अनुरोध गर्दछु’, पोख्रेलले थपे ।

घटनापछि आगामी दिनको लागि पाठ पाइएको भन्दै उप्रान्त यस्ता कमजोरी नहुने उनले वचन दिए । अहिलेसम्म यस किसिमको लापरबाही अस्पतालमा नरहेको पोख्रेलले बताएका छन् । उनले म्याद गुज्रेका औषधी भए तिनलाई आवश्यकता अनुसार सम्बन्धित कम्पनीलाई फिर्ता पठाउने र केहिलाई सरोकारवालालाई राखेर रोबरमा जलाउने तर फार्मेसीमा नराख्ने काम भइरहेको उनले प्रष्ट्याए ।

अहिले रेडियोलोजिस्ट लगायतका विशेषज्ञ डाक्टरबाट सेवा दिइरहेको पनि उनले जानकारी गराए । ‘आजिबन सदस्यको रेकर्ड कम्प्युटरमा राखेर थप छुट लगाएतको ब्यवस्था गरेका छौँ, यहि विषयलाई लिएर कसैले पनि अतिरंजित नगरौँ’, उनले थपे । घटनाबारे थप अनुसन्धान गर्ने र औषधीको म्याद लगायत राम्रोसंग नहेर्ने कर्मचारीलाई पनि प्रष्टिकरण सोधिने उनले बताए । यसबारे अस्पतालले विज्ञप्ती नै निकालेर सबैलाई जानकारी गराउने उनले बताए ।

महासचिव दिनेश क्षेत्री लगायतको बलमा आफ्नो मान्छेलाई त्यहाँको प्रमुख डाक्टर नियुक्ति गरिएको र उनको आगमनपछि अस्पतालको सेवा थप खस्केको कतिपय बताउँछन् ।