मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाबाट प्रधानमन्त्रीको अफर पाएका ओलीको हातमा एमाले–कांग्रेस सरकारको साँचो

देउवाबाट प्रधानमन्त्रीको अफर पाएका ओलीको हातमा एमाले–कांग्रेस सरकारको साँचो

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ ।

देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको भेटमा सो अफर भएको बताइएको छ ।
एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् । तर नेताहरुका अनुसार काँग्रेसको प्रस्तावमा समहति जनाउने या नजनाउने सबै जिम्मा ओलीमा रहेको उनले बताए ।
कांग्रेस निकटका नेताहरुले सबै निर्णय लिने जिम्मा ओलीमा रहेको भन्दै प्रतिक्षामा रहेको बताए । यता उक्त भेटले तर्सिएका प्रधानमन्त्री प्रचण्डले लगत्तै ओलीसंग भेटघाट गरेका थिए । ओली देउवा भेटले नेपाली राजनीतिमा अर्को तरंग मच्चिएको छ ।

निर्णायक भूमिकामा रहेका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जारी राख्छन् कि कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री हुने बाटो रोज्छन्, हेर्न बाँकी छ ।