काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।
त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए ।
पेनाल्टी सुटआउटमा भने ओबलाकले केही गर्न सकेनन् ।
सुटआउटमा पोर्चुगलका लागि रोनाल्डोसहित ब्रुनो फर्नान्डेज र बर्नार्डो शिल्भाले गोल गरे ।
स्लोभेनियाका लागि सुरुवाती तीन पेनाल्टी प्रहार गरेका कसैले गोल गर्न सकेनन् । जोसिप इलिसिच, जुर बाल्कोभिच र बेन्जामिन भर्विकले पेनाल्टीमा गोल गर्न सकेनन् । तीनैको प्रहार पोर्चुगलका गोलकिपर डिएको कोस्टाले बचाए ।
प्रतिक्रिया