काठमाडौँ । काँग्रेस एमाले गठबन्धनपछि संसदमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नीद्रा हराम छ यतिबेला । हरेकपटक चलखेल गर्दा लाभैलाभ लिएका दाहाल यसपटक चलखेल गर्ने अवस्थामा पनि छैनन् । चलखेलका सबै ढोका बन्द छन् । यस्तो अवस्थामा उनले के गर्लान् सबैमा जिज्ञासा छ ।
आगामी असार २८ गते विश्वासको मत लिने निर्णय गरेका दाहालले सो दिन कुर्लान् या आफ्नो मन्तव्यपछि राजिनामा देलान् ? बिभिन्न भविष्णबाणी भइरहेका छन् ।
संविधान तथा कानुनन्विद् टिकाराम भट्टराईले प्रचण्डले विश्वासको मत नलिई राजिनामा दिन सक्ने बताएका छन् । पत्रकार टिकाराम यात्रीसंगको टेलिभिजन अन्र्तवार्तामा उनले भनेका छन् ‘दाहालले अब २८ या त्यसअघि संसदमा लामो संसद भाषण गर्नुहुनेछ । उहाँले नेकपा एमालेलाई केही आक्षेप लगाउनुहुनेछ । केहि सत्य कुरा पनि आउनेछन् । संसदमा आफ्ना कुरा रेकर्ड गराउनु हुनेछ । मैले योयो गर्दै थिएँ, गर्न पाएन भनेर विदा हुनुहुनेछ ।’
उनले थपेका छन् ‘यो परिवर्तन माओवादीकै कारणले भएको हो भनेर प्रचण्ड विदा हुन सक्नुहुनेछ । आफ्ना कुरा राखेर राजिनामा दिँदा उहाँको कदमा थप क्षति हुनेछैन । विश्वासको मत लिनु उहाँको संवैधानिक अधिकार हो । यसलाई अन्यथा मान्न सकिँदैन ।’
नेपालको राजनीतिमा नैतिकता गुमेका प्रशस्त उदाहरण रहेका कारण नैतिकता गुमाउने पात्रमा दाहाल मात्रै एक्लो नभएको उनले बताए । उनले यो गठबन्धनमा पनि विशवास गर्न सकिने ठाउँ नभएको उनले बताए । विआरआई र एमसीसीको विषयमा काँग्रेस र एमालेबीच फरकफरक धारणा रहेका कारण यो गठबन्धनमा खटपट सुरु हुने भट्टराईको अनुमान छ ।
प्रतिक्रिया