मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेढ लाख घुस रकमसहित परासी कारागारका प्रमुख पक्राउ

डेढ लाख घुस रकमसहित परासी कारागारका प्रमुख पक्राउ

अपि टाइम्स

पूर्वी नवलपरासी . कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्त डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
डेढ लाखसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका निवासी उनीसगबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको अख्तियारको प्रेस विज्ञप्तिमा जनाइएको छ । उनको निजि दराजवाट उक्त रकम बरामद भएको हो ।

कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानले बताएको अख्तियारको भनाई छ । कारागारमा रहेका कैदीबन्दीवाट चौकीदार छनौट गर्ने चलन छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनौछ गर्छ ।