मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशूलीमा हराएको बस र यात्रुको खोजी पुनः सुरू

त्रिशूलीमा हराएको बस र यात्रुको खोजी पुनः सुरू

अपि टाइम्स

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर हानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिए।

‘टोली परिचालन भइसकेको छ। शुक्रबारको तुलनामा आज खोजी कार्य पनि अलि सहज हनेछ,’ उनले भने। शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताए।

‘हिजोको तुलनामा पानीको बहाब कम छ। अहिले पानी पनि परेको छैन त्यसैले आजको खोजी अझै प्रभावकारी हुनेछ’ डिएसपी रिजालले भने।

उनका अनुसार नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन्।

शुक्रबार बस खसेको सिमलताल र त्यस वरपर ५ किलोमिटर क्षेत्रमा चुम्बक र रड प्रयोग गरी खोजी गरिएको थियो। त्यसक्रममा बसको पर्दा र कपडा भेटिएको थियो।