मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युरो कप फाइनलः स्पेन र इंग्ल्यान्डमा कसले जित्ला ? फ्रान्सेली रेफ्रीले खेलाउने

युरो कप फाइनलः स्पेन र इंग्ल्यान्डमा कसले जित्ला ? फ्रान्सेली रेफ्रीले खेलाउने

अपि टाइम्स

काठमाडौं। मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल आज राति हुँदैछ । फाइनल खेल मध्यराति १२स्४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

२४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ ।

उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् ।

स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो ।स्पेन र इंग्ल्यान्डबीचको युरो कप फाइनल फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेलाउने भएका छन्।