मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमलताल पहिरोः सनाखत भएका परियार बिहेको भिडियो खिच्न बसेमा चढेका थिए

सिमलताल पहिरोः सनाखत भएका परियार बिहेको भिडियो खिच्न बसेमा चढेका थिए

अपि टाइम्स

चितवन । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका १ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् ।

विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटो
र भिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्ञात छ । हिजो गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ ।

रमितका वुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् । अहिलेसम्म पहिरोमा परेका तीन जनाका शव भेटिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले २ वटा यात्रुबाहक बस त्रिशूलीमा हुलेको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।