मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ एमालेबाट मन्त्री बन्नेको नाम, कपिलवस्तुका सांसद अधिकारी परेनन्

यस्तो छ एमालेबाट मन्त्री बन्नेको नाम, कपिलवस्तुका सांसद अधिकारी परेनन्

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्रीको टुंगो लगाएको छ। एमालेले पाएको ८ मन्त्रालयमध्ये सोमबार बिहानसम्म सबै मन्त्रीको टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए।

एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए।

त्यस्तै केन्द्रीय सदस्य जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। भण्डारी यसअघि पनि मन्त्री थिए।

पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने टुंगो लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले नामहरू केही हेरफेर हुनसक्ने बताए। पौडेल यसअघि २०७२ र २०७४ मा अर्थमन्त्री बनेका थिए।

अन्यको मन्त्रालय भने टुंगिसकेको छैन। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला‍, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शपथ ग्रहण गर्नेछन्। उनको शपथसँगै मन्त्रीहरूको सपथ पनि गराउने तयारी छ।

कपिलवस्तुबाट भूमि ब्यवस्था मन्त्री बनेका बलराम अधिकारी भने यसपटक मन्त्रीको लिस्टमा पर्न सकेनन् । यसअघि छोटो समय मन्त्री बनेका अधिकारीले अन्तिमसम्म जोड गरेका थिए ।

एमालेले पाएको भूमि ब्यवस्था मन्त्रालयमा एकपटक फेरि अवसर दिन आग्रह गरे पनि उनले नपाएको समाचार श्रोत छ । मन्त्री अधिकारीले आफूले भूमि सुधार, सुकुम्बासी समस्या समाधानको लागि केहि प्रकृया अघि बढेको बताउँदै अन्तिमसम्म पुनः मन्त्री बन्न धाएका थिए ।

उनले मन्त्री रहँदा सचिवालयका सदस्यलाई मनपरी गाडी सुविधा दिएको, १२ वटा सम्म सवारी पाउनेमा २४ वटासम्म गाडी प्रयोग गरेको भन्दै राष्ट्रिय सतर्कता आयोगले पत्र काटेको थियो ।