मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ साउन महिनाको नयाँ ब्याजदर, कुन बैंकले घटाए कुनले बढाए ?

यस्तो छ साउन महिनाको नयाँ ब्याजदर, कुन बैंकले घटाए कुनले बढाए ?

अपि टाइम्स

काठमाडौँ । बाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । यस्तै ५ वटाको स्थिर ब्याजदर हुँदा २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।

असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ कायम भएको हो ।

बैंकहरुको सूचनाअनुसार कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकको ६.५, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ ।

यसैगरी सिटिजन्सको ६.७५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७, सिद्धार्थको ६.७५, स्टान्डर्ड चार्टर्डको ७, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।

यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ ।