मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजारः नयाँ सरकारसंगै उच्च विन्दुमा पुग्यो

शेयर बजारः नयाँ सरकारसंगै उच्च विन्दुमा पुग्यो

अपि टाइम्स

काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसुचक ७०.१८ अंकले बढेको छ । कुल ३.१३ प्रतिशत विन्दुले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो । कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल २३४ कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्य घट्यो । म्युचुअल फन्डबाहेक सबै उपसमूहको बढ्यो । जिवन बिमा ३१८.८५, होटल तथा पर्यटन २०१.९६ अंकले बढेको छ ।

सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभपलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकै दिन सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १७.१८ अंकले घटेर २ हजार २ सय ४०.४१ बिन्दुमा पुगेको थियो ।

आइतबार करिब ५३ अंकले बढेर बन्द भएको नेप्सेमा सोमबार १७ अंकको गिरावट आएको हो । आइतबारसहित अघिल्ला चार कारोबार दिन लगातार नेप्से बढिरहेको थियो ।

सोमबारको गिरावटलाई नेप्सेमा सामान्य ‘करेन्सन’को संज्ञा दिएपनि नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन नेप्से दोहोरो अंकले घट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर अर्थमन्त्रीमा पौडेल आएको दोस्रो दिन भने नेप्से दोहोरो अंकले बढेको छ ।