मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भने ‘भेटमा खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु’

प्रधानमन्त्री ओलीले भने ‘भेटमा खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु’

अपि टाइम्स

काठमाडौँ । मुलुकका ४५ औँ प्रधानमन्त्री केपी शर्मा ओलीले भेटमा खादामाला प्रयोग नगर्न अनुरोध गरेका छन् ।

आज विहान एक सन्देश लेख्दै प्रधानमन्त्री ओलीले भेटमा खादा माला प्रयोग नगर्न नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेका हुन् । उनले डिजिटल तरिकाले बधाई र शुभकामना दिन पनि अनुरोध गरेका छन् ।

उनी लेख्छन् ‘शुभ प्रभात’ विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु।’