मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार खर्च लिने लुम्बिनीका रोगी सांसदहरु, सबैभन्दा धेरै बुझ्नेमा उद्योगमन्त्री बस्नेत

उपचार खर्च लिने लुम्बिनीका रोगी सांसदहरु, सबैभन्दा धेरै बुझ्नेमा उद्योगमन्त्री बस्नेत

अपि टाइम्स

बुटवल । कपिलवस्तुका एमाले सांसद गिरिधारीलाल न्यौपानेले आर्थिक वर्ष २०८० / ०८१० मा लुम्बिनी प्रदेश सभाबाट १ लाख २२ हजार ५ सय रुपैयाँ उपचार खर्च लिएका छन् । न्यौपानेले पटकपटक उपचार गरेको बिल पेस गरी यो रकम बुझेका हुन् ।

दीर्घरोगी न्यौपानेले उपचार गर्दा प्रायः महिनामहिनामा बिल पेस गर्ने गरेको लुम्बिनी प्रदेश सभाका वरिष्ठ लेखा अधिकृत खिमबहादुर सुवेदीले बताए । रुपन्देहीबाट प्रदेश सभा सदस्य बनेका एमालेका भोजप्रसाद श्रेष्ठले पनि उपचारका लागि आर्थिक वर्ष २०८०/०८१ मा ७७ हजार ६ सय रुपैयाँ बुझेका छन् ।

यस्तै नवलपरासीबाट स्वतन्त्र निर्वाचित खड्क बस्नेतले ४ लाख १४ हजार रुपैयाँ बुझेका छन् । उनी अहिले प्रदेश सरकारको उद्योग, पर्यटनमन्त्री समेत हुन् ।

कांग्रेसबाट प्रदेश सभा सदस्य बनेकी प्युठानकी धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार रुपैयाँ उपचार खर्च प्रदेश सभाबाट बुझेकी छन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा यो आर्थिक वर्ष ९२०८०/०८१ मा ३० सांसदले उपचार खर्च बापत २३ लाख ३५ हजार रुपैयाँ लिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले बताइन् ।

नेपाली कांग्रेसका सांसद अब्दुल रज्जाक गद्दीले यो आर्थिक वर्षमा ६१ हजार ६ सय रुपैयाँ उपचार खर्च लिएका छन् । संघीय सरकारका पूर्वमन्त्री समेत रहेका रुपन्देहीका सांसद गद्दीले प्रेसर, सुगरदेखि विभिन्न १८ प्रकारका औषधि खानुपर्ने अवस्था छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार ३० जना सांसदले रकम लिएकोमा २२(२३ जना सांसद नियमित औषधि खाएर उपचार गराइरहनुपर्ने खालका छन् । अन्यचाहिँ कहिलेकाहीँ बाध्यताबस उपचार गर्ने सांसद हुन् ।
उनले १८ प्रकारका औषधि सेवन गरेको बिल पेस गरेको प्रदेश सभाका वरिष्ठ लेखा अधिकृत सुवेदीले बताए । उनले भने, ‘उहाँलाई दीर्घरोग छ, त्यसकारणले धेरै औषधि खाइरहनु पर्छ । उहाँजस्तै अन्य धेरै संसादले दीर्घरोगको उपचार गराइरहनु भएको छ ।’

माओवादीबाट विद्रोहगरी पश्चिम नवलपरासीबाट निर्वाचित प्रदेश सभा सदस्य खड्ग बस्नेतले अहिले लुम्बिनी प्रदेशको पर्यटन, उद्योग तथा सहकारीमन्त्री छन् । उनले मुटुको उपचार खर्चबापत प्रदेश सभाबाट ४ लाख १४ हजार ८५६ रुपैयाँ बुझेका छन् ।

बस्नेतले अझै औषधि खानुपर्छ । लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार ३० जना सांसदले रकम लिएकोमा २२(२३ जना सांसद नियमित औषधि खाएर उपचार गराइरहनुपर्ने खालका छन् । अन्यचाहिँ कहिलेकाहीँ बाध्यताबस उपचार गर्ने सांसद हुन् ।

कुन सांसदले कति रकम लिए ?

लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपैयाँ भोजप्रसाद श्रेष्ठले ७७ हजार ६४५ रुपैयाँ लिएका छन् । यस्तै, गीता गुरुङले ८२ हजार ४८२ रुपैयाँ, रेखाकुमारी शर्माले २१ हजार १७४ रुपैयाँ उपचार खर्चका लागि लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै, धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४० रुपैयाँ, यामबहादुर नेपालीले ६९ हजार ६००, सरिता पुनले ९४ हजार ६४, मिनाकुमार श्रेष्ठले ६२ हजार ३९, अब्दुल रज्जाक गद्दीले ६१ हजार ६८९ रुपैयाँ, खड्ग बस्नेतले ४ लाख १४ हजार ८५६ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यसैगरी शान्ति लोधले १२ हजार ४११, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३२०, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले १५ हजार ६५८ रुपैयाँ, जमुना ढकालले १ लाख २४ हजार ८२०, माया पुनले ४३ हजार ३४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोक कुमारी विकले ७६ हजार ३४४, जानकी न्यौपाने १७ हजार १५०, इन्द्र कुमारी गहतराजले २७ हजार ५६५, राजु प्रसाद श्रेष्ठले १ लाख १८ हजार ५०५ रुपैयाँ बुझेका छन् ।

प्रदेश सभा सदस्य मिना कुमारी बोहराले ३ हजार १५०, हेमा बेल्वासेले ३० हजार ६८६, देवीप्रसाद चौधरीले ७६ हजार ४२३, तारा थापाले १८ हजार ३९९ रुपैयाँ उपचार खर्च बुझेको लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् ।

चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।

रेखा कुमारी शर्माको दाङमा घर छ । प्रायः काठमाडौँ बस्ने शर्मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् । आर्थिक ‘स्टाटस’ राम्रै भएकी शर्माले उपचार गरेपछि बिल प्रदेश सभामा बुझाउने गरेकी छन् ।

प्रदेश सभामा निर्वाचित डिल्लीराज भुसाल गुल्मीमा ठुलो व्यापारीमध्येका एक हुन् । गुल्मीको रेसुङ्गा नगरपालिकाको निवर्तमान मेयर समेत रहेका भुसाल प्रदेश सभाबाट सामान्य चेकजाँचको खर्च लिनुपर्ने स्थितिका भने होइनन् ।

रुपन्देहीबाट प्रदेश सभामा दोस्रोपटक निर्वाचन जितेका भोजप्रसाद श्रेष्ठको बुटवलस्थित सुख्खानगरमा पक्की घर छ । राम्रो आर्थिक ‘स्टाटस’ भएका श्रेष्ठले प्रेसरदेखि विभिन्न रोगको उपचार खर्चबापत लगातार प्रदेश सभाबाट रकम बुझेका छन् । उनीजस्ता अन्य धेरै राम्रो आर्थिक हैसियत भएका प्रदेश सभा सदस्यले उपचार खर्चका लागि धमाधम रकम बुझ्ने गरेका छन् ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले आर्थिक ‘स्टाटस’ राम्रो भएका सांसदहरूले राज्य कोषको सुविधा लिनुभन्दा सामान्य उपचारको रकम आफ्नै खल्तीबाट तिर्नुपर्ने बताए । उनले नियमले सुविधा लिन मिले पनि जनप्रतिनिधिले नैतिकता पनि देखाएर सानोतिनो खर्चको भार राज्यकोषमा थोपर्न नहुने प्रस्ट पारे । यसअघि सबैभन्दा धेरै बुझ्नेमा अन्यथा भएकोमा सच्याएका छौँ ।

रातोपाटीले खबर लेखेको छ ।