काठमाडौँ । दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका १९ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार १९ जनाको शव फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।
सशस्त्र प्रहरीका अनुसार ५ जनाको सनाखत हुन सकेको छैन । ५ जना पुरुषको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । ६ दिनसम्म खोज्दा पनि दुई वटा डिलक्स बस भेटिए
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
भरतपुर महानगरपालिकास्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १४ वटा शव भेटिएको छ ।
प्रतिक्रिया