मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ वर्षीया युवती, जो रिल्स बनाउँदा झरनामा चिप्लिएर वितिन्

२७ वर्षीया युवती, जो रिल्स बनाउँदा झरनामा चिप्लिएर वितिन्

अपि टाइम्स

काठमाडौं । तन्नेरीमाझ रिल्स र टिकटक बनाउने क्रेज व्यापक छ । कतिपय अरुले भन्दा भिन्न स्टाइलको भिडियो बनाउन मरिहत्ते गर्छन् । चुनौती मोलेरै खोला, नदी, खोल्सा, झरनादेखि तालमा समेत भिडियो बनाउन उनीहरु रुचाउँछन् ।

यो क्रेज यति देखिन्छ कि वर्षेनी आउने टिकटक र रिल्सको भिडियो बनाउँदा हुने मृत्युका घटनाले यसको पुष्टि गर्छन् । नेपालमा समेत यो घटना पछिल्लो समय बढिरहेको देखिन्छ ।

यही क्रममा भारतको मनगाउँ जिल्लामा यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ । रिल्स बनाउने क्रममा २७ वर्षीया कामदार ३०० फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन् ।

सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए । उद्धार गर्दासम्म उनी जीवितै थिइन् । तर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।

रिल्स बनाउन उनी सात जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्द्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् । उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा पनि कार्यरत थिइन् ।