मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बुटवल कोरा साइक्लिङ च्यालेन्ज’ मा बाणगंगा राइडर्सको जम्बो टिम जाने

‘बुटवल कोरा साइक्लिङ च्यालेन्ज’ मा बाणगंगा राइडर्सको जम्बो टिम जाने

अपि टाइम्स

बुटवल । बुटवलमा शनिबार (भोलि) हुने बुटवल कोरा २०२४ साइक्लिङ च्यालेन्जमा कपिलवस्तुबाट पनि सहभागिता हुने भएको छ ।

भातृत्व विकास र पर्यावरण संरक्षणको लागि भन्दै बुटवल साईक्लिङ ग्रुरुपले आयोजना गरेको च्यालेन्जमा बाणगंगा राइडर्स क्लवको टिमले कपिलवस्तुको प्रतिनिधित्व गर्ने भएको हो । क्लवबाट शनिबार (भोलि) विहान ६ बजे २५ जनाको टोली बुटवल पुग्ने क्लवका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

५० किलोमिटर दुरी रहेको चयालेञ्जमा सहभागि भएपछि जिल्लामा पनि यस्तो कार्यक्रम गर्ने योजना अनुसार टोली जान लागेको सापकोटाले बताए ।

धार्मिक पर्यटकीय स्थलहरुको दाहिने पारेर गोलाकार रुपमा साईकलबाट एक फन्को लगाउने कार्यलाई कोरा साइक्लिङ भनिन्छ।

सोहि अनुसार मणिमुकुन्द कलेजबाट सुरु भई श्रृंगेश्वरधाम, योगिकुटी, मिलनचोक, हिलपार्क, चरङगे, धागोकारखाना, योगीकुटी तपाहा, शंकरनगर बनबाटिका, मणिग्राम, फर्साटिकर, नरेनापुर मन्दिर, ढवाह पिसपार्क, जितगढी किल्ला, जलबिनायक मन्दिर, दुर्गामन्दिर, गोलपार्क, ट्राफिकचोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दुरी तय गरिएको छ ।साईक्लिङ संघ लुम्बिनीका अध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागि हुन आग्रह गरे। 

विदेशी मुलुकहरुमा १५/२० किलोमिटरका यात्रा दैनिक रुपमा साईकलमार्फत गर्ने उल्लेख गर्दै नेपालमा पनि १०/१५ किलोमिटरका यात्रा साईकलबाट गर्न प्रेरित गर्न बाणगंगामा क्लव स्थापना गरिएको सदस्यहरु बताउँछन् ।

गत चैत्रमा विविवत रुपमा दर्ता भई संचालनमा आएको क्लवले स्वास्थ्य र पर्यावरण संरक्षणको लागि साइकल चलाऔँ भन्ने अभियान सुरु गरेको छ ।

क्लवमा आवद्ध २५ बढी युवाहरु हरेक विहान साइकल चलाएर नगर भित्र र बाहिरका पर्यटकीय स्थलमा पुग्ने गरेका छन् भने बिभिन्न सामाजिक र मानवीय कार्यहरु पनि गर्दै आइरहेका छन् ।

आफूहरुको यो अभियानलाई धेरैले चासोपूर्वक हेरेको क्लवका उपाध्यक्ष विष्णु गैरेले बताए । क्लवमा आवद्ध युवाहरुको सक्रियताले कपिलवस्तुमै साइकल चलाउने अभियान तीव्र बनेको संस्थापक तथा सल्लाहकार विष्णु घिमिरको भनाई छ ।