मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजै राजिनामा दिने मुडमा लुम्बिनीका मुख्यमन्त्री, गिरी र आचार्यमा को बन्ला मुख्यमन्त्री ?

आजै राजिनामा दिने मुडमा लुम्बिनीका मुख्यमन्त्री, गिरी र आचार्यमा को बन्ला मुख्यमन्त्री ?

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेशसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको चौथो अधिवेशनको २४ औं बैठक बोलाइएको बारे साउन ३ गते सूचना जारी गरेका थिए।

आजकै बैठकबाट सरकारबारे प्रदेशसभामा निर्णय हुने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेको भए पनि प्रदेशसभालाई सम्बोधन गरिसकेपछि त्यो प्रस्ताव फिर्ता लिई महराले राजीनामा दिन सक्ने सम्भावना पनि उत्तिकै रहेको एक नेताले बताए।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारूले मुख्यमन्त्री महराले स्पष्ट केही नभनेको बताए।

मुख्यमन्त्रीको आजको कदम अनुसार लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ। गत चैत २३ मा रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका नेता महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका ५ मन्त्रीले पदबाट राजीनामा दिँदै असार २० गते महरालाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उनी स्पष्ट अल्पमतमा परिसकेका थिए।

मुख्यमन्त्री महराको साथमा यतिखेर माओवादीका १०, एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ समेत गरी जम्मा १२ सांसदको मात्रै समर्थन छ। एक स्वतन्त्र सांसद अर्निणित छन् ।

एमालेका २९ सदस्यले असार २० मा समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका थिए। लुम्बिनीमा एमाले सबै भन्दा ठूलो दल हो। उसका २९ सांसद छन् भने अर्का सत्ता साझेदार दल कांग्रेसका २७ सांसद छन। यी दुई दलहरूको मात्रै ५६ सांसद पुग्छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ। दुई ठूला दलले मात्रै सरकार बनाउन कुनै समस्या छैन।

दुई ठूला दलले मिलेर सरकार बनाउने निश्चित अन्य साना दलहरूले पनि सघाउने अवस्था देखिएको छ। लुम्बिनीमा महरा पछि को मुख्यमन्त्री हुने भन्ने स्पष्ट भइ सकेको छैन । चर्चाहरुका अनुसार नयाँ समीकरण अनुसार एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी र उपनेता चेतनारायण आचार्यले त्यसका लागि लबिइङ गरिरहेका छन्। श्रोत अनुसार गिरी अबको मुख्य मन्त्री बन्ने निश्चित छ ।

कांग्रेसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आफ्नो लबिङ जारी राखेका छन् लीला गिरी यसअघि पनि छोटो अवधिका लागि मुख्यमन्त्री भएका थिए। आचार्य यसअघि अर्थमन्त्री थिए।सेतोपाटीबाट