मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु, अर्घाखाची र पाल्पामा भारी वर्षा, बाणगंगा, तिनाउ नदी बढ्ने

कपिलवस्तु, अर्घाखाची र पाल्पामा भारी वर्षा, बाणगंगा, तिनाउ नदी बढ्ने

अपि टाइम्स

काठमाडौं । कपिलवस्तु, अर्घाखाँची,पाल्पा र पश्चिम नवलपरासीमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा बर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी कपिलवस्तुमा पनि विहानैदेखि भारी बर्षा भइरहेको छ ।

यो वर्षाका कारण पाल्पा हुँदै वग्ने तिनाउ, अर्घाखाँची हुँदै वग्ने बाणगंगा लगायतका साना ठुला नदीमा बहाव बढ्ने अनुमान गरिएको छ । हिजोकोभन्दा विहानदेखि कपिलवस्तुको बाणगंगा नदीमा पानीको वहाव बढी भएको छ । बर्षाको यहि क्रम जारी रहे नदीमा ठुलो वहाव हुन सक्ने भएकाले नदी तटिए क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ । आज काठमाडौँमा पनि भारी बर्षा भइरहेको छ ।