मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री बन्न दौरा सुरुवाल लगाएर ठिक्क गिरी जिल्ल, लुम्बिनीमा आचार्यको भाग्य खुल्यो

मुख्यमन्त्री बन्न दौरा सुरुवाल लगाएर ठिक्क गिरी जिल्ल, लुम्बिनीमा आचार्यको भाग्य खुल्यो

अपि टाइम्स

देउखुरी । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको ठाडो निर्देशनपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् ।

सोमबार बिहानसम्म पनि संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चाकाबीच केन्द्रको निर्देशनपछि आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो । केन्द्रको निर्देशन भने पनि ओलीले आचार्यलाई मुख्य मन्त्री बनाउन भनेको समाचार श्रोत बताउँछ । मुख्यमन्त्री बन्न दौरा सुरुवाल लगाएर ठिक्क परेका गिरी आचार्यको मुख्यमन्त्री बन्ने भएपछि जिल्ल र आश्चर्यमा परेका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउन निर्देशन आएको बताए ।

पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रीय पाटी अध्यक्ष केपी शर्मा ओलीले नयाँ मुख्यमन्त्रीमा आचार्यलाई बनाउन बिहान फोन आएको बताए ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ ९१० बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
केन्द्रको निर्देशन पछिभएको परिवर्तनले एमालेभित्र व्यापक असन्तुष्टि देखिएको छ।
एमालेले एकाएक गिरीको नाम हटाएर आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएका हुन् ।

एमाले कार्यकर्ता देवराज पोखरेलले पार्टी भित्र स्वच्छ र इमान्दार छवी बनाएका पाका नेता लिला गिरीलाई गुटकै कारण मुख्यमन्त्री नबनाइएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।
गिरी विष्णु पौडेल निकट मानिन्छन् । यसबाट लुम्बिनीमा विष्णु पौडेलमाथि शंकर पोख्रेल हावी भएको रुपमा नेताकार्यकर्ताले बुझेका छन् ।

विष्णु पौडेल निकटका ब्यक्तिले लुम्बिनीमा संसदीय दलका नेतालाई ‘स्याक’ गरियो। आफूसँग नाम जोडिएका कार्यकर्ताहरूको कत्लेआम हुँदा कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो ? एक जना नेताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

एमाले बुटवल उपमहानगरका सचिवालय सदस्य यादव भण्डारी भण्डारीले महासचिव शंकर पोखरेल पार्टीभित्र हावी प्रदेशको राजधानी र राजनीति दुवै बिगारेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले लेखेका छन्।‘लुम्बिनी प्रदेशको राजधानी त बिगार्यौ अब राजनीति पनि बाँकी नराख, पावर स्थायी हुँदैन ख्याल रहोस्,’ गिरीले पनि पार्टी केन्द्रले चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन एकाएक निर्देशन दिएपछि असन्तुष्टि व्यक्त गरेका छन्। उनले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय मूल्य–मान्यता विपरीत भएको टिप्पणी गरे।

‘यो निर्णय संसदीय मूल्य अनुरूप र विधिसम्मत भएन भनेर मैले माथी भनिसकेको छु,’ गिरीले भने। गिरीले संसदीय मूल्य मान्यताविपरीत पार्टीले निर्णय गर्दा इमान्दार कार्यकर्ता अन्यायमा पर्ने र सिंगो पार्टी नै कमजोर बन्ने पनि बताए।

गिरीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नाम आएपछि आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको बताए।