मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले जवाफ दिँदादिँदै सांसदको आपत्ति, विषय केन्द्रित हुन ओ‌लीलाई सभामुखकै निर्देशन

प्रधानमन्त्रीले जवाफ दिँदादिँदै सांसदको आपत्ति, विषय केन्द्रित हुन ओ‌लीलाई सभामुखकै निर्देशन

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओ‌लीलाई विषय केन्द्रित भएर सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुख देवराज घिमिरेले निर्देश गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदले सोधेको प्रश्न भन्दा पनि अन्य विषयमा बोल्ने थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका थिए ।

कांग्रेस सांसद धनराज गुरुङले प्रश्न सोधेकोमा प्रधानमन्त्री ओली भने प्रश्न भन्दा पनि अन्य विषयमा बोल्न लागेका थिए । डेडिकेडेट र ट्रंक लाइनको विषयमा शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयको जवाफ दिन लागेका थिए । दाहालले प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युत्को महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर विषय राखेको भनेका थिए ।

ओलीले सांसद धनराज गुरुङले सोधेको प्रश्नभन्दा पनि सांसद दाहालले शून्य समयमा उठाएको विषयमा बोल्न लागेपछि सांसद पुनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हो ? भनी पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले निर्देशन दिँदै भने प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्नका लागि म निर्देश गर्दछु ।

सभामुखको निर्देशपछि प्रधानमन्त्री ओली सांसद गुरुङले सोधेको प्रश्नको जवाफ दिन लागेका थिए ।