मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा एमाले र काँग्रेसको दुरी बढ्दै, त्यो घटनाको २० दिनसम्म एमाले किन चुप ?

बाणगंगामा एमाले र काँग्रेसको दुरी बढ्दै, त्यो घटनाको २० दिनसम्म एमाले किन चुप ?

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच दुरी बढ्ने स्पष्ट संकेत देखिएको छ । स्थानीय सरकारको काम कारबाहीलाई लिएर गत असार १५ गते नगरप्रमुख चक्रपाणी अर्यालको कार्यकक्षमा पुगेर काँग्रेस बाणगंगा नगरसमिति र जिल्लास्तरका नेताले तीव्र आक्रोश पोखेका थिए ।

त्यतिखेर नगरप्रमुख अर्याल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसंग काँग्रेश नेताहरु चर्किएका थिए । त्यो हुनुमा मुख्य कारण एउटा स्कुल र शिक्षामा भएको राजनैतिक विषय थियो । त्यो चर्काचर्कीको भिडिओ र समाचार अपिटाइम्सबाट सार्वजनिक भएपछि एकातिर उनीहरुको चर्को आलोचना पनि भएको थियो भने अर्कोतर्फ एमाले नीरिह बनेको भन्दै अब डटेर सामना गर्नुपर्ने बहस पनि चलिरहेको थियो । काँग्रेसका नेताले गरेको अपमानजनक ब्यावहारमाथि चुप लागेर बस्न नहुने भन्दै एमालेका केहि जनप्रतिनिधि र नेताले नेतृत्वको ध्यानाकर्षण गराइरहेका थिए ।

यहि बीचमा त्यो घटना भएको लामो समय (२० दिन ) पछि श्रावण ४ गते बल्ल एमाले बाणगंगा नगरकमिटिले काँग्रेसविरुद्ध विज्ञप्ती निकालेको छ । नगर अध्यक्ष युवराज पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गतेको घटनामा काँग्रेसका नेताहरुले नगरका कर्मचारीमाथि अपमानपूर्ण, अशिष्ट ब्यावहार गरेको भन्दै खेद प्रकट गरिएको छ ।

एउटा लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताबाट भएको यस खालको असभ्य, अपमानजनक ब्यवहारबाट समृद्ध नगरको यात्रा र सिंगो नगरबासीको जनचाहना पुरा गर्ने कार्यमा कठिनाई हुने हाम्रो पार्टीको निष्कर्ष रहेको भन्दै सबै खाले समस्याको समाधान विधी, पद्धती, शिष्ट, मर्यादित छलफल, संवादबाट हुने हुदा संयम्तापूर्ण, लोकतान्त्रिक विधि, प्रक्रिया, कानूनी, मूल्य, मान्यताबाट साझा ढंगले समस्याको समाधान खोज्न विज्ञप्ती मार्फत आग्रह गरिएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ ।

मुख्य गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीमाथि गरिएको ब्यावहार खेदजनक रहेको विज्ञप्तीमार्फत् जनाइएको छ । एमालेकै कतिपय नेताले घटनालगत्तै विज्ञप्ती आउनुपर्नेमा ढिलै भए पनि आएर राम्रो भएको बताए । यस्ता घटनामा पार्टी चुप रहे भोलिका दिनमा झन् अराजकता मच्चने भन्दै त्यतिबेला काँग्रेस नेताहरु संयम हुन नसकेको ती नेताले बताए ।

यस्तो छ एमालेको विज्ञप्ती

वडा नम्बर ८ मोर्मीस्थित श्री जनसेवा आधारभूत विद्यालय, बाणगंगा ८, उदयपुर मोर्मीको विषयलाई लिएर कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नगरपालिकाका मेयरका उम्मेदवार रबी आचार्य, नेता डोलकराम घिमिरे, नगर सभापति विष्णु थापा, दुर्गा सेन लगायतले नगरप्रमुख र कर्मचारीलाई झपारेका थिए ।

प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखका शब्द, बोली, ब्यावहार ठिक नभएको भन्दै नेताहरुले सातो काढेका थिए भने खिम बहादुर जिसीले कर्मचारी भएर चरम राजनीति गरेको भन्दै नगरप्रमुखसंग झोँक्किएका थिए । यहि घटनापछि एमाले र काँग्रेसबीच दुरी बढ्दै गइरहेको छ ।

एमालेको विज्ञप्तीपछि काँग्रेसले के धारणा सार्वजनिक गर्दछ त्यो भने थाहा छैन । यद्यपी यसअघि गरिएको मौखिक सहमति नगरले कार्यान्वयन नगरे अझै कडा रुपमा जाने काँग्रेस नेताहरुले बताएका छन् ।

जिल्ला सचिव शक्ति सिंह ठकुरीले आफूहरुले अपमानजनक ब्यावहार नगरेको भन्दै एमालेको विज्ञप्तीको तुक नरहेको बताए । शिक्षा क्षेत्र सुधार गर्ने आफूहरुको एजेण्डालाई प्रतिशिोधको रुपमा नलिन ठकुरीले चेतावनी दिए ।

सो विद्यालयमा विगत ६ महिनादेखि प्रधानाध्यापक नियुक्तिको विषय विवादित छ । एक समय एउटै स्कुलमा २ जना (राजेन्द्र खनाल र भोजप्रसाद थारु ) प्रधानाध्यापक रहेपछि यो विषयले निकै चर्चा पाएको थियो । त्यसपछि सो विवाद अदालतसम्म पुग्यो । र अदालतले राजेन्द्र खनाल र भोजप्रसाद थारु दुवैलाई अयोग्य सावित गरेको अहिलेको स्थिति छ ।

तर अदालतले यस्तो ठहर गरेको अवस्थामा भने नगरको नेतृत्वले बलमिच्याई गर्यो । अदालतको निर्णय पनि नमान्दै नगर शिक्षा समितिको ८१ बैशाख १८ गतेको वैठकको निर्णय भन्दै अदालतले अयोग्य ठहर गरेको भोजराज थारुलाई पुनः निमित्त प्रअको पत्र थमाएपछि काँग्रेस आक्रोशित छ ।