मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

अपि टाइम्स

काठमाडौँ । मालदिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाली युवा टोली किर्गिस्तानसँग पराजित भएको छ।

राजधानी मालेस्थित सोसल सेन्टरमा सोमबार राति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल किर्तिस्तानसँग २५–१४, २५–२२ र २५–१३ ले पराजित भयो।

समूह चरणको पहिलो खेलमा पनि नेपाल किर्गिस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो। सेमिफाइनलमा पराजित भएसँगै नेपालले अब तेस्रो स्थानका लागि आयोजक माल्दिभ्सविरुद्ध खेल्ने भएको छ।

हिजै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्स श्रीलंकासँग सोझो सेटमा नै पराजित भएको थियो। काभाको उपाधिका लागि अब किर्गिस्तान र श्रीलंका भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल मंगलबार हुनेछ।