मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्ञानेन्द्र शाहीले ओलीलाई भने- भ्रष्टाचारीको मुख नहेर्ने हो भने आफूले ऐना नहेर्नुस्

ज्ञानेन्द्र शाहीले ओलीलाई भने- भ्रष्टाचारीको मुख नहेर्ने हो भने आफूले ऐना नहेर्नुस्

अपि टाइम्स

काठमाडौँ । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा टिप्पणी गरेका छन् ।
एउटा टिभी अन्र्तवार्तामा भ्रष्टाचारको विषयमा सोधिएको प्रश्नमा प्रवक्ता शाहीले सबैभन्दा बढी भ्रष्टाचार गर्ने ब्यक्ति प्रधानमन्त्री ओली नै भएको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूले संसदमा भ्रष्टाचारीको मुख नहेर्ने बताउनु भयो । यदि भ्रष्टाचारीको मुख नै देख्न नचाहेको भने पहिले तपाईले ऐना नहेर्नुस् । तपाईले ऐना हेर्नुभयो भने आफ्नो मुख देख्नु हुन्छ । त्यहाँ भ्रष्टचारीको मुख देखिन्छ ।’