मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध यौन शोषणको उजुरी, आज सुनुवाई

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध यौन शोषणको उजुरी, आज सुनुवाई

अपि टाइम्स

काठमाडौँ । संघीय संसद्को विशेष सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको सुनुवाइ बुधबारलाई तोकेको छ । प्रधानविरुद्ध सहकर्मी महिलालाई यौन शोषण र दुर्व्यवहार गरेको तथा पछि पैसा दिएर मिलापत्र गरेको उजुरी परेको छ । असार २१ मा गर्ने भनिएको संसदीय सुनुवाइ महिलाको उजुरी र बयानका कारण स्थगित गरिएकामा प्रधानको कार्ययोजना र स्पष्टीकरण सुन्न बुधबार बैठक बोलाइएको हो ।

रिक्त रहेको निर्वाचन आयुक्त पदमा प्रधानलाई सिफारिस गर्न संवैधानिक परिषद्को असार २ को बैठकले सर्वसम्मत निर्णय गरेको थियो । लगत्तै संसदीय सुनुवाइ समितिमा पत्र पठाइएको थियो । असार ७ मा सुनुवाइ समितिले प्रधानमाथि सुनुवाइ प्रारम्भ गरी उजुरी आह्वान गरेको थियो । असार १८ मा उजुरी तथा सूचना खोली सांसदहरूलाई वितरण गरी छलफल गरिएको थियो ।

यही क्रममा नेपाल कानुन समाजमा कार्यरत रहँदा यौन शोषण र दुर्व्यवहार गरेको भनी एक महिलाले उजुरी गरेको पाइएको थियो । उनले यौन शोषण गरेको सम्बन्धमा हस्तलिखित उजुरीसँगै अदालतमा गरेको मिलापत्र र रकम लेनदेनको प्रमाणहरूसमेत पेस गरेकी छन् । पीडित स्वयं समितिमा आएर आफूमाथि भएका यौन शोषण र दुर्व्यवहारका घटनाबारे बयान दिएपछि संसदीय समितिले प्रधानसँग असार २१ मा गर्ने भनिएको सुनुवाइ तत्कालका लागि स्थगित गरेको थियो । समितिले यौन शोषणजस्तो गम्भीर आरोपका सम्बन्धमा प्रधानसँग बुधबार सोधपुछ गर्ने र कार्ययोजनाबारे जानकारी लिने भएको छ ।