चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरस्थित एक होटलमा एक जना नाबालिग माथि सामुहिक बलात्कार भएको तथ्य बाहिर आएको छ । समाचार श्रोत अनुसार रुपन्देहीकी १५ बर्षिया नाबालिगमाथि बाणगंगाका ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका हुन् ।
बलात्कार गर्ने युवाहरु एक जना १८ र अरु २ जना २० र २१ बर्षका रहेको छन् । बलात्कार भएको भोलिपल्ट नाबालिगले ईलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार पीडित नाबालिग बुटवल उपमहानगरपालिका ११ देवीनगरकी रहेकी छन् । उनले कक्षा १० मा अध्धयन गर्छिन् ।
नाबालिगको जोहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरु पक्राउ परिसकेका छन् । उनीहरु वाणगंगा नगरपालिका वडा नम्बर ९ का पडेरिया रहेका खुलेको छ । एक जनालाई श्रावण ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरि म्याद थप गरी राखिएको प्रहरी बताउँछ । बलात्कारीमाथि कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको जनाउ छ ।
यस्तो थियो घटना
घटना पुष्टिबारे प्रहरीले जानकारी दिए पनि घटनाक्रमबारे भने पुरै जानकारी नदिएपछि पडेरीयाका स्थानीयबाट अपिटाइम्सलाई दिएको घटनाक्रम यस्तो छ । होटलमा ३ जना युवाहरु आउँछन् । उनीहरु यस्तै ४ । ५ बजेको समयमा होटलमा आएका थिए । तीमध्ये एक जना युवाको बलात्कारको शिकार भएकी नाबालिगतसंग लभ परेको हुन्छ अर्थात् उनी बलात्कारमा संलग्न युवाहरुमध्ये एक युवकको गर्लफ्रेण्ड हुन्छिन् ।
त्यसैकारण एक युवकले गर्लफ्रेण्डलाई होटलमा भेटन् एक्लै बोलाउँछन् । उनी आउँछिन् । त्यसपछि कोठामा जान्छन् । साँझ ५ बजेदेखि विहान ६ बजेसम्म उनीहरु त्यहि होटलमा बस्छन् । त्यो बीचमा केके भयो थाहा छैन तर होटलबाट निस्केपछि पीडितले जाहेरी दिएकी हुन् । श्रोत अनुसार पीडित नाबालिगसंगै केटी पनि आएकी थिइन् तर उनी होटलमा भने नगएको समाचार छ ।
प्रतिक्रिया