मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाबालिग बलात्कार काण्डः रातिसम्म ब्वायफ्रेण्ड, विस्तरामा विहान अर्कै मान्छे !

नाबालिग बलात्कार काण्डः रातिसम्म ब्वायफ्रेण्ड, विस्तरामा विहान अर्कै मान्छे !

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको एक होटलमा भएको सामुहिक बलात्कारको घटनाले अहिले चर्चा पाइरहेको छ । गत श्रावण ५ गते राति होटलमा ३ जना युवकले १४ बर्षकी नाबालिगमाथि बलात्कार गरेका थिए । पीडितको जोहरीपछि अपिटाइम्समार्फत् घटना बल्ल सार्वजनिक भएको हो । बलात्कारमा संलग्न वडा नम्बर ९ पडेरियाका १७, १८ र २३ बर्षका युवक अहिले इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनाक्रम हेर्दा अपत्यारिलो र नाटकीय देखिन्छ । १७ बर्षका युवकको बुटवल घर भएकी १४ बर्षकी नाबालिगसंग प्रेम सम्बन्धमा रहेको हुन्छ । त्यहि सम्बन्धको फाइदा उठाएर युवकले पीडित नाबालिगलाई चार नम्बरमा भेट्न बोलाउँछन् । उनी पनि आउँछिन् । भेट भएर गफगाफ गर्दै चटपटे खान्छन् । त्यसपछि केटोले खाजाको नाममा तिन छ्याङ भन्दै जाँड पनि खुवाउँछ । केटोसंग अर्को साथी पनि हुन्छ ।

त्यसपछि युवाहरूले नाबालिगलाई सम्पर्क भएको चार नम्बर चोककै एक होटलमा लैजान्छन् । जाँड खाएको मौका छोपी युवाहरुले त्यसको फाइदा उठाउँछन् । नाबालिग वेहोस् हुन्छिन् । यस्तो हुँदासम्म रातिको अन्दाजि १०/ ११ बजेको हुन्छ । केटाहरुलाई घरबाट राति तारन्तर फोन पनि आउँछ सोहि समयमा ।

त्यसपछि ब्वायफ्रेण्ड भनिने केटो र उसको साथी नाबालिगलाई त्यत्तिकै छोडी राति नै घर टाप कस्छन् । यो कुरा होटल संचालकले पनि थाहा पाउँछन् । केटी एक्लै छ भन्ने थाहा पाएपछि राति नै केटाहरुलाई उनले फोन लगाउँछन् । पटक पटक फोन गरेर ती युवाहरूलाई बोलाए पनि नाबालिगको सम्पर्कमा रहिरहने केटा साथी घरमा फोन अफ गरेर सुत्छ । होटल साहूले पटकपटक फोन गरी बोलाएपछि केटीको ब्रायफ्रेण्डको साथीले अर्को साथीलाई लिएर राति नै होटलमा आउँछ ।

उनीहरुले पनि फेरि बलात्कार गर्छन् । एक जना राति नै फर्कन्छ । एक जना नाबालिगसंगै सुत्छन् । नाबालिगसँग रात बिताएको युवक बोए फ्रेण्डका साथी थिए । त्यो कुरा पीडित नाबालिगलाई अर्को दिन ६ गते बिहान विस्तारमा उठ्दा मात्र थाहा भयो । त्यसपछि उनलाई थाहा भयो कि ब्राइफ्रेण्डको विश्वास गर्दा बलात्कारको सिकार भएको ।

पीडित आत्तिन्छिन् । ६ गते विहान घर जान्छिन् । घरकाले अघिल्लो रातबारे केरकार पार्छन् । शरीरमा केहि दाग र धब्बा पनि देख्छन् । पीडितले आफूमाथि भएको घटना सुनाउँछिन् । त्यसपछि उनीहरुले बुटवल प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालयमा जाहेरी दिन्छन् । त्यसपछि मात्र घटना सार्वजनिक भएको हो ।

एक जनालाई श्रावण ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरि म्याद थप गरी राखिएको प्रहरी जानकारी गराएको छ । बलात्कारी माथि कानुनअनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको भनाई छ । प्रहरीले होटल संचालकसंग पनि कागज गरेको छ ।