मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई पुरस्कार ‘सरुवा’

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई पुरस्कार ‘सरुवा’

अपि टाइम्स

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उनको ठाउँमा राजन अधिकारीलाई पठाइएको हो ।

उनलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय हालसम्म गोप्य राखिएको छ । विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाएको हो ।

केसीको नेतृत्वमा असार १४ गते बेचन झा र प्रतिक थापा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका उच्च नेताहरु नै तानिने बताइएको थियो । तिनै झालाई पक्राउ गर्दा सरकार ढालेको अभिव्यक्ति पूर्व गृहमन्त्री रवि लामिछानेले नै दिदै आएका छन् ।

केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।