मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरा अस्पतालमा चाहियो ३ जना कर्मचारी, कसरी आवेदन दिने ?

पिपरा अस्पतालमा चाहियो ३ जना कर्मचारी, कसरी आवेदन दिने ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाद्धारा संचालित वडा नम्बर २ स्थित पिपरा अस्पतालमा ३ जना कर्मचारी माग गरिएको छ । नगरपालिकाको आधिकारिक फेसबुक पेजमा बुधबार जारी गरिएको विज्ञापन अनुसार ल्याब टेक्निसियनमा २ जना र १ जना हेल्थ असिस्टेन्ट (दुवैमा पाँचौँ तह) पदमा कर्मचारी माग गरिएको हो ।

आवेदनको लागि आगामी श्रावण ३० गतेसम्मको अन्तिम समयसिमा छ । ल्याब टेक्निसियन पदमा आवेदन दिने ब्यक्तिले मान्यता प्राप्त संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेको हुनुपर्ने र हेल्थ असिस्टेन्टको लागि हेल्थ चिकित्सामा प्रमाण पत्र तह उत्तीर्ण भएको हुनुपर्ने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

लिखित र अन्र्तवार्ता परीक्षा गरी कर्मचारी छनौट गरिने बताइएको छ ।

विस्तृत जानकारी तलको सुचनामा पढ्नुहोस्