मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, १२ घर डुबानमा

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, १२ घर डुबानमा

अपि टाइम्स

प्युठान । प्युठानको भुस्बाङ खोलामा बाढी आउँदा प्युठान नगरपालिका( १०, को बुढादेवी बजारसहितको बस्ती डुबानमा परेको छ।

स्थानीयका अनुसार अहिलेसम्म १२ घर डुबानमा परेको त्यहाँस्थित पत्रकार सलिम मियाले जनाएका छन् ।

प्राप्त विवरणअनुसार पुरानो गाविस भवनसहित स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की,पार्वती सुनार, आत्माराम सुनार, डिल बहादुर सुनार, गीता नेपाली, गीता सुनार, कृष्ण बहादुर केसी, राधा केसी , बोम बहादुर भण्डारीको कृषि फारम लगायतका घर डुबानमा परेका छन् ।

बाढीले केही घरहरू भत्किएको र कुखुरासहितका पशु चौपाया बगाएको छ। बस्तीमा बाढी पस्दा स्थानीयहरू त्रसित छन्। बस्तीमाथि सडक निर्माण गर्दा त्यसको असर तटीय क्षेत्रका बस्तीमा देखा परेको हो ।