मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा बैङ्क जितपुरले कक्षा ११ का २ विद्यार्थीलाई छात्रवृत्ति दिँदै, फारम कसरी भर्ने ?

सानिमा बैङ्क जितपुरले कक्षा ११ का २ विद्यार्थीलाई छात्रवृत्ति दिँदै, फारम कसरी भर्ने ?

अपि टाइम्स

काठमाडौँ । बाणगंगा नगरपालिकास्थित सानिमा बैङ्क लिमिटेड जितपुर शाखाले स्थानीय २ जना विद्यार्थीलाई एक लाखसम्मको छात्रवृत्ति दिने भएको छ । नेपाल सरकारबाट ‘क’ वर्गको मान्यता पाएको बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने शीर्षकको रकमबाट ५० हजारका दरले स्थानीय २ जना विद्यार्थीलाई १ लाख रुपैयाँको छात्रवृत्ति दिन लागिएको बैङ्कले जनाएको हो ।

यसको लागि बैङ्ककले सार्वजनिक सुचना नै जारी गरेको छ । सुचना अनुसार सरकारी विद्यालयबाट २०८० सालमा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गरिरहेका गरिब, विपन्न तथा जेहेन्दार ठहरिने विद्यार्थीलाई छात्रवृत्ति दिइने उल्लेख छ ।

छात्रवृत्ति पाउन यहि साउनको ३२ गतेसम्म विद्यार्थीले आवेदन फाराम भरेको हुनुपर्ने बैङ्कका शाखा प्रमुख सूर्य प्रसाद खनालले बताए । जितपुर शाखाले विगतका बषहरुमा पनि यो छात्रवृत्ति दिएको थियो । विगतमा छात्रवृत्ति पाएका विद्यार्थीले अहिले कक्षा १२ मा अध्ययन गरिरहेका छन् । अहिलेसम्म ४ जनाले शाखाबाट सुविधा लिइसकेका छन् ।

विगत १२ बर्षदेखि उपत्यका बाहिर शाखा रहेका स्थानीयबासीलाई ध्यानमा राखेर यो कार्यक्रम गरिरहेको बैङ्कले छात्रवृत्तिबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सहज हुने विश्वास लिएको छ ।

यस्तो छ सुचना