मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्टका सोहनले बनाएको विद्यूतीय बाइक, यस्ता छन् विशेषता

एभरेष्टका सोहनले बनाएको विद्यूतीय बाइक, यस्ता छन् विशेषता

अपि टाइम्स

बुटवल । बुटवलको एभरेष्ट उच्च माविमा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले विद्यूतीय मोटरसाइकल बनाएका छन् । उनले मोटरसाइकल बाइक बनाएको कुरा विद्यालयले फेसबुकमार्फत् जानकारी गराएको छ ।

कक्षा ११ मा अध्ययनरत सोहनले बनाएको बाइक झट्ट हेर्दा कुनै विश्वस्तरीय कम्पनीको भन्दा कमसल देखिँदैन । स्कुलका अनुसार चार घण्टा चार्ज गर्दा फुल चार्ज हुने बाइक ५० किलोमिटरको प्रतिघण्टामा कुद्न सक्ने गरी बनाइएको छ। एकपटक चार्ज गरिसकेपछि यो बाइक ८० किलोमिटरसम्म कुद्न सक्ने सोहनले अपिटाइम्सलाई बताए । सानैबाट आविष्कारमा रुची राख्ने सोहन यस अघि पनि यस्तै आविष्कारबाट चर्चित बनेका थिए ।

बाइकको फुल बडी कालो छ भने अगाडीपट्टी रातो लुक्स निकालिएको छ । रातोमुनि पनि हल्का निलो रहेको छ । दुई जना बस्न मिल्ने गरी बनाइएको बाइकको हेडलाइटलाई बुलेट बाइकको जस्तो आकारमा ढाल्न खोजिएको देखिन्छ । राज्यले प्रोत्सहान दिन सके उनले अब नेपालमै अरु धेरै बाइक बनाउन सक्ने दाबी गरे ।

सोहनलाई सबैले सहयोग गर्न सके उनले नेपालमा विद्यूतीय बाइक निर्माणमा क्रान्ति गर्न सक्ने विद्यालयले जनाएको छ । सोहनले बाइक बनाएपछि धेरै जना अचम्ममा परेका छन् । उनले बाइक निर्माणको लागि चाहिने सामाग्री परिवारको सहयोगमा स्थानीयस्तरबाट नै जुटाएका बताइएको छ ।