मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय परिचयपत्रको फोटोमा सिन्दुर टीका र ढाका टोपीलाई अनुमति

राष्ट्रिय परिचयपत्रको फोटोमा सिन्दुर टीका र ढाका टोपीलाई अनुमति

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय परिपत्रपत्रका लागि फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर स्पष्टीकरण दिएको छ । उसका अनुसार राष्ट्रिय परिचयपत्रका लागि मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ ।

‘फोटो खिच्दा सिन्दुर टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक संस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन’ पञ्जीकरण विभागको सूचनामा भनिएको छ ।

विभाग स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका पुछ्न लगाउने, कपालमा कालो दल्न लगाउने, ढाकाटोपी लगाउन नदिएको गरेको भनेर गुनासो आएको थियो ।

राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ मा फोटो खिच्दा टोपी, ह्याट, क्याप, स्कार्फ मास्क र चस्मा जस्ता कुरा लगाउन नहुने उल्लेख छ । महिलाको हकमा नाक र कानमा सामान्य खालका गहनाबाहेक मुखाकृतिलाई असर गर्ने कुनै पनि प्रकारको गहना लगाउन हुँदैन भनिएको छ ।