मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन भन्छन् ‘धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु’

बालेन भन्छन् ‘धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु’

अपि टाइम्स

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका ८ को प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै उनले भाषण गर्नेभन्दा पनि काम गर्नेमा आफ्नो प्राथमिकता रहेको बताए ।

महानगरपालिका प्रमुख शाहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए ।

‘चाँडो र तीव्रगतिमा यहाँका सडकहरू बन्दै जानेछन्, बन्दै पनि छन् । ढुंगा छापिएका बाटो भर्खरै छतबाट हेर्दै पनि थियौं, विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसाबले जसरी वडा भवनको मुहार देखिएको छ, आगामी दिनहरूमा हाम्रो वडा अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्यले सम्पदामैत्री बाटो र घरहरूको मुहार यस्तै देखियोस् भन्ने चाहना छ,ु शाहले भने, ुत्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडिदेखि घरका फसादहरू सम्पदामैत्रीऽ मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरूलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु ।

जनप्रतिनिधिले काममा समय दिनुपर्ने शाहको भनाइ थियो । ुम धेरै बोल्न चाहन्नँ । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले, खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो, उहाँहरुलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ,ु उनले भने, ुजिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं । यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ले ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको भएको बताइन् । उनले बस्ती र बस्तीहरूलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।